१८ माघ २०७७, आइतवार

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रमलाई नेकपाको दाहाल–नेपाल समूहले पूर्व निर्धारित समयअघि नै टुंग्याएको छ ।

४ दिनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेको सो पक्षले यसअघि २१ माघसम्म धर्ना जारी राख्ने गरी कार्यक्रम घोषणा गरेको थियो ।

तर ७ दिनको कार्यक्रमलाई छोट्याएर ४ दिनमै टुंग्याइएको हो ।

बागमती प्रदेशसभाको अधिवेशनमा केन्द्रित हुनुपर्ने भएकाले समयअगावै धर्ना कार्यक्रम टुङ्गाएको सो समुहले बताएको छ ।

वागमती प्रदेशसभा बैठक सोमबार शुरू हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर