
१७ माघ २०७७, शनिवार
एजेन्सी । बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् अक्षय कुमार । सन् २०१९ मा अक्षय कुमारको फिल्मले बक्स अफिसमा ७०० करोडको व्यापार गरेको थियो ।
उनी बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् ।
उनको नाम फोब्र्सको २०२० को सूचीमा समेत समाबेश भएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार अक्षयले फेरि पारिश्रमिक बढाएका छन् ।
पहिले अक्षय १२० करोड लिने गर्थे ।
तर उनले फेरि बढाएर १३५ करोड बनाएका छन् ।
फिल्मका निर्देशकका अनुसार अक्षयलाई दर्शकको अत्यधिक समर्थन र माया मिल्ने गर्छ ।
उनी फिल्ममार्फत मानिसहरुलाई सुसुचित गराउने काम पनि गर्ने गर्छन् ।