१७ माघ २०७७

तराईका जिल्लामा शनिबार पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ।

https://amzn.to/4myfPN5

जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

अबको दुई हप्तासम्म यस्तै रहने मौसम पूर्वानुमान विभागको अनुमान छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना समेत रहेको छ।

उनकाअनुसार अन्य क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ ।

आज काठमाण्डौको न्यूनतम तापक्रम दुई दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ।

अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसमविद्को अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर