
१६ माघ २०७७, शुक्रवार
भरतपुरको चौबिसकोठीमा रहेको आइल्यान्डमा ६५ फिटको झण्डा फहराइएको छ ।
शहिद दिवसको अवसर पारेर हेल्प फर ह्यापिनेस संस्थाको आयोजना तथा रोटरी क्लब अफ मिड टाउन र रोट्याक्ट क्लब अफ मिड टाउनको सहआयोजनामा आइल्याडमा झण्डोत्तोलन गरिएको हो ।
झण्डोत्तोलन कार्यक्रममा हेल्प फर ह्यापिनेस संस्थाका अध्यक्ष नवीन तिवारीले भरतपुरको मुख्य स्थल चौबिसकोठीमा झण्डा फहराउँदा सकरात्मक सन्द्येस जाने विश्वास व्याक्त गरे ।
कार्यक्रममा बोल्दै भरतपुर १० का वडाअध्यक्ष अरुणपिडित भण्डारीले युवाहरुले झण्डोत्तरण एवंम आइल्यान्ड संरक्षणमा योगदान गरेको भन्दै धन्यवाद दिए ।
उनले युवाले सिर्जनात्मक काम गर्न खोजेको खण्डमा महानगरले सधै सहयोग गर्ने प्रतिबद्धता समेत व्याक्त गरे ।
झण्डोत्तोलनको लागि बेटर चितवन , उधोग वाणिज्य संघ चितवन लगायत विभीन्न संघ संस्थाको पनि सहयोग रहेको छ ।