१६ माघ २०७७, शुक्रवार

सरकारले घोषणा गरेको बैशाख १७ र २७ गते हुने निर्वाचनको लागि रुपन्देहीमा १२ वटा मतदानकेन्द्र थपिने भएको छ।

मतदान स्थल तथा मतदान केन्द्र पुनरावलाेकन समिति रुपन्देहीको बैठकले १२ वटा मतदान केन्द्र थप गर्ने निर्णय गरेको हो।

साविकको निर्वाचनमा रुपन्देहीमा २ सय ८ मतदान स्थल तथा ५ सय ९८ मतदान केन्द्र रहेका थिए।

अहिले मतदान केन्द्र थप भएर ६ सय १० पु¥याइएको जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले जानकारी दिए।

मतदान स्थलको संख्या भने २ सय ८ नै रहेको छ।

बुटवल उपमहानगरपालिकाको वडा नम्बर ६ र ९, मायादेवी गाउँपालिका– ५, कोटयीमाइ गाउँपालिका–६ र गैडहवा गाउँपालिका–३ मा मतदान स्थल परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर