१६ माघ २०७७, शुक्रवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहका प्रतिनिधि निर्वाचन आयोगमा पुगेका छन् ।

प्रचण्ड–माधव समूह र ओली समूहका प्रतिनिधि निर्वाचन आयोग पुगेका हुन् ।

आयोगका पदाधिकारीसँग छलफलपछि प्रचण्ड पक्षका नेताहरू बाहिरिएका छन् भने ओली खेमाका नेताहरू छलफलमै छन् ।

आयोगमा ओली खेमाका तर्फबाट पूर्व–सभामुख सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल, मन्त्री कृष्ण गोपाल श्रेष्ठ तथा रामेश्वर फुयाल आयोग पुगेका छन् ।

त्यस्तै प्रचण्ड खेमाका तर्फबाट राजेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधान गएका छन् ।

प्रचण्ड खेमाका प्रतिनिधिहरूले अहिले प्रचण्ड तथा माधवकुमार नेपाल उपत्यका बाहिर रहेकाले १८ गतेअघि कुनै बैठक बस्न नसक्ने र त्यसपछि उनीहरू स्वयं आयोगमा उपस्थित हुने कुरा आयोगलाई जानकारी गराएका थिए ।

त्यस्तै नेकपाभित्रको अहिलेको विवाद निरुपण नगरी नयाँ दल दर्ताको प्रक्रिया अगाडि नबढाउन आफूहरूले आयोगलाई सुझाव दिएको सुरेन्द्र पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर