१६ माघ २०७७, शुक्रवार

सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारदेखि खुला गरेको छ।

https://amzn.to/4myfPN5

मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गरिएको जनाएको छ।

मन्त्रालयका अनुसार कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको हो।

नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन्।

तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ।

भारतीय नागरिकले भने नेपाल प्रवेश गर्दा अनिवार्य स्वीकृती लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले  भने, ‘नेपाली नागरिक नेपाल र भारत जादा विगतमा जस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरि आवातजावत गर्न पाउनेछन् तर भारतीय नागरिकले भने प्रवेशका लागि अनिवार्य स्वीकृती लिनुपर्नेछ।’

सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर