नेकपाको प्रचण्ड-नेपाल समूहले विराटनगरमा विरोध सभा गर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध विहिबार बुटवलमा विशाल प्रदर्शन

गरेको सो समूहले आज विराटनगरमा सभा गर्न लागेको हो ।

विराटनगरको सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । राटनगरपछि भोलि दाहाल-नेपाल

समूहले धनगढीमा विरोधसभाको आयोजना गरेको छ । सो समूहले काठमाडौँको माइतीघरमा पनि धर्ना जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको

छ । ओली समूह तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले एकअर्कोको चर्को आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर