१४ माघ २०७७, बुधवार

मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका प्रशासकीय अधिकृतसहित दुईजना पक्राउ परेका     छन् ।

https://amzn.to/4myfPN5

फर्जी कागजात बनाएर लाखौं रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत ४२ वर्षिय सुधिर सिंह राठौर र कम्प्युटर शाखाका राजनारायण चौधरीलाई मंगलबार प्रहरीले पक्राउ छ ।

चार वर्ष अघिदेखि अधिकृत राठौर विराट मेडिकल कलेजमा कार्यरत थिए।

अस्पतालमा जागिर खान आवेदन दिएका पाँच जना व्यक्तिहरूको नागरिकता प्रयोग गरि लाखौं रुपैयाँ अपचलन गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

राठौरले गत भदौ देखि अञ्जली झाँगड ऋषिदेव, रमिता भगत, राजबति झाँगड ऋषिदेव, रीता कुमारी थापा मगर र सुनिता ऋषिदेवलाई जागिरमा लगाएको नक्कली कर्मचारी खडा गरेर पैसा अपचलन गरेको प्रहरीको दावी छ ।

फर्जी कागजात बनाएर नक्कली कर्मचारी खडा गरि मेडिकल कलेजको पैसा अपचलन गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

प्रहरी अनुसन्धानको प्रक्रिया अगाडी बढाएको खड्काले बताउनुभयो ।

राठौर मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले विश्वास गरेको व्यक्ति थिए ।

त्यही भएर उनलाई प्रमुख प्रसासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

‘गत भदौ महिनादेखि पाँच जना व्यक्तिहरू मेडिकल कलेजमा काम गरेको विवरणमा देखिएपनि फिल्ड र स्टाफ लिस्टमा कर्मचारी नदेखिएपछि उनीमाथी आशंका गरिएको थियो ।

विराट मेडिकल कलेज प्रशासनले नै राठौर विरुद्ध प्रहरीमा उजुरी गरेको हो ।
राठौरले नक्कली कर्मचारी नियुक्त गरेको कर्मचारीको नाममा माछापुच्छे्र बैंकमा खाता खुलेको पाइएको छ ।

राठौरले नक्कली कर्मचारी खडा गरेका मध्ये रमिता भगतको बैंक खातामा जम्मा भएको ५१ हजार रुपैयाँ बैंकबाट विनोद भगत नाम गरेका व्यक्तिले झिकेका खुलेको छ ।

विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले नियुक्ती गरेको कर्मचारी कार्यालयमा नभेटेको पैसा अपचलन भएको पाएपछि प्रहरीमा उजुरी दिएको बताए ।
पक्राउ परेका राठौर र चौधरीलाई मोरङ प्रहरीले बुधबार ठगी मुद्दामा म्याद थप गरि अनुसन्धान अगाडी बढाउने तयारी गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर