१३ माघ २०७७, मंगलवार

कोरोना भाइरसबाट  विश्वभर  संक्रमित हुनेको सँख्या  १० करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमित संख्या १० करोड २ लाख ५८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार ४१४ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ४८ हजार ४६७ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ ।

हालसम्म अमेरिकामा चार लाख ३१ हजार २९७ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजीलमा ६३१ जना, रुसमा ४५६ जना, बेलायतमा ५९२ जना, फ्रान्समा चार सय ४५ जना, इटालीमा ४२० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर