दाहाल-नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधि सभा विघटनविरुद्ध खबरदारी गर्ने छन्।
बुधबारदेखि २१ गतेसम्म भने संविधानसभा सदस्य, संघीय तथा प्रदेश सदस्यहरूले माइतीघरमा धर्ना दिने कार्यक्रम तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
दाहाल-नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको कार्यक्रम अनुसार १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जलि दिने, २२ गते काठमाडौंमा युवा र्याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा विशाल प्रदर्शन हुनेछ ।
प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल-नेपाल समूहले पुस १४ गतेदेखि सडक संघर्ष गर्दै आएका छन् ।