
१२ माघ २०७७, सोमवार
कैलालीमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
प्रहरीले सोमबार अत्तरियामा रहेको सार्थक प्यालेस होटेलबाट २४.५४ ग्राम ब्राउन सुगरसहित बैतडी डिलासैनीका २८ वर्षीय पुरन कोटारीलाई पक्राउगरेको हो ।
लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीलेकोटारीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
कोटारीबाट लागु औषधका साथै नगद १७ हजार ७ सय रुपैयाँ र २ थान मोबाइल बरामद गरिएको उनले जानकारी दिए ।