१२ माघ २०७७, सोमवार
निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।
आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो ।
संसद विघटन लगतै प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।
ओली समूहले भने केन्द्रीय कमिटी विस्तार गरेको थियो । दुबै समूहले त्यही विवरणलाई बैधानिकता दिन आयोगलाई आग्रह गरेका थिए ।
यससँगै कानूनी रुपमा नेकपा एक नै मानिने छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै छन् भने केन्द्रीय कमिटी पनि दल दर्ता गर्दा कायम रहेको मात्र रहनेछ ।