१० माघ २०७७, शनिवार

नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ३८६ जना कोरोना संक्रमण मुक्त भएका छन ।

यो संगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ ।

यस्तै कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९९४ पुगेको छ ।

हालसम्म नेपालमा २० लाख ३८ हजार ८४२ नमुनाको पीसीआर परीक्षण भएको छ ।

हाल देशभर ३ हजार ४५२ जना आइसोलेसनमा रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर