१० माघ २०७७, शनिवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीका नाममा ओली समूहले देशलाई लुटिरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्तरक्रिया तथा कम्युनिस्ट स्कुल लोकार्पण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन ।

संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उनले तिनै मुद्दालाई संशोधन गर्न ओलीले दुईतिहाइ मत मागेको बताए ।

नेता भट्टराईले ओली समूह अराजतीतिक बनेको भन्दै पार्टीको नाममा राज्यलाई लुटिरहेको समेत आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर