१० माघ २०७७, शनिवार
ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बसपार्कमा आइतबार नेकपा ओली पक्षको नगर भेला तथा सभाको कार्यक्रम हुने भएको छ ।
कार्यक्रमलाई प्रदेश ईञ्चार्ज तथा प्रदेश मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले प सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
नेकपामा आएको विवादसँगै ढोरपाटन नगरपालिकामा पनि दुई खेमामा नेता, कार्यकर्ताहरु विभाजित हुदैगएका छन् ।
यसअघि नेकपा ढोरपाटनको आयोजनामा प्रचण्ड-नेपाल पक्षको भेला सम्पन्न गरिएको छ ।
भेलालाई, प्रचण्ड—नेपाल पक्षका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेल, बागलुङ जिल्ला अधयक्ष ईन्द्रलाल सापकोटा र प्रदेश सचिवालय सदस्य हिराबहादुर केसीले सम्बोधन गर्नुभएको थियो ।
ओली पक्षले आयोजना गरेको भेलामा मुख्यमन्त्री गुरुङ प्रमुख वत्ता रहने कार्यक्रम तय गरिएको छ भने, केही समय टतस्थ बसेका ढोरपाटन नगरप्रमुख देवकुमार नेपाली सहितका केही नगर स्तरका नेता कार्यकर्ता खुलेपनि नेपालीको पनि सम्बोभन हुने कार्यक्रम तय गरिएको बताइको छ ।









