
१० माघ २०७७, शनिवार
झापामा पहिलो चरणमा २७ हजार ६ सय २७ जनामा खोप लगाईदैछ । त्यसका लागि ६५ हजार १ सय ९९ डोज खोप झापा आउँदै छ ।
यसका लागि जिल्लामा रहेका सबै पालिकाहरुसँग पहिलो चरणमा लगाउने समुहको तथ्याकंक मागेर नेपाल सरकारकहाँ पठाईसकिएको र त्यहि अनुरुप खोप आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख इस्वरी पौडेलले जानकारी दिए ।
यसमा निजी तथा सरकारी सबै स्वास्थ्यकर्मीको तथ्याकं समावेश गरिएको उनले बताएका छन् ।
पहिलो चारणमा अग्रपंतीमा काम गर्ने स्वास्थ्कर्मीलाई मात्र खोप दिइने सरकारी प्रोेटोकल रहेकोले स्वास्थ्य स्वेमसेसवकाहरुले पनि पाउने छैनन् ।
२–२ डोज गरेर हरेक ४ हप्ताको फरकमा यो खोप लगाउन पर्छ ।
यसका लागि जिल्लामा ४ वटा सव सेन्टरहरु समेत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बिर्तामोड, धुलाबारी, अर्जुनधारा र सुरुङ्गा सव सेन्टर भएपनि अहिले हरेक पालिकाको स्वास्थ्य शाखाले निर्धारण गरेको उप सव सेन्टरबाट समेत यो खोप लगाउन सकिने छ ।
खोप लगाउँदा न डराउन यसले अन्य केहि असर पो गर्छ कि भन्नेबारेमा नसोच्न समेत उहनले अनुरोध गर्नु भएको छ ।