१० माघ २०७७, शनिवार

मन्त्री बिहीन रहेका सुदूरपश्चिम प्रदेश सरकारमा दुई वटा मन्त्रालयमा यो साता मन्त्री नियुक्त हुने भएका छन् ।

https://amzn.to/4myfPN5

प्रदेश सभामा बहुमत रहेको नेकपाले भौतिक पूर्बाधार विकास मन्त्रीमा तारा लामा तामाङ र आर्थिक मामिला तथा योजना मन्त्रीमा मान बहादुर धामी सन्तोषलाई नियुक्त गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार नेकपा संसदीय दलको बैठकले दुईटै पदको टुंगो भोलि लगाउने बतायो ।

रिक्त रहेका दुईटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री त्रिलोचन भट्टले निर्बाह गरिरहेका छन् ।

नेकपाले सुदूरपश्चिममा आफ्ना सासदहरुलाई जोगाउन प्रदेश सरकारमा मन्त्रालय र मन्त्रीको संख्या थप्ने तयारी गरेको छ ।

मन्त्रालय फोडेर मन्त्रीको संख्या थप्ने विषयमा समेत पार्टीमा छलफल भएको एक नेताले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर