एजेन्सी । पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ ।

नारिनो प्रान्तका प्रान्तीय गभर्नरले सो कुराको जानकारी दिएका छन् । गभर्नर जोन रोजाले पश्चिमी कोलम्बियाको सामानिगो नगरपालिकामा नयाँ हिंसाको सो रुप देखिएको बताए ।उनले आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन्, ‘कोलम्बियाको सामानिगो नगरपालिकामा भएको पछिल्लो पटक आइतबार भएको हिंसात्मक आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ र अरु केही व्यक्ति घाइते भएका छन् ।’उनले गएको दुई महिनायता त्यहाँ यस्तै हमला भएका र त्यसमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनले सो क्षेत्रमा हिंसा मच्चाउने सशस्त्र समूहहरुको उपस्थिति रहेकोले त्यहाँ हिंसा जारी रहेको भन्दै आवश्यक कारबाहीका लागि कडा कदम उठाउन प्रहरीलाई भनिएको पनि बताए ।तर सो क्षेत्रमा कुन समूह र के उद्देश्यले त्यहाँ उपस्थित भएका हुन् र किन हिंसा मच्चाइरहेका छन् भन्ने बारेमा भने उनले केही बताएका छैनन् । –एएनआई

प्रतिक्रिया

सम्बन्धित खवर