९ माघ २०७७
पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई देशको चिन्ता नभएको बताएका छन् ।
शुक्रबार बिहान प्रेस संगठनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भने, ‘ओलीलाई देशको चिन्ता छैन, संविधानको चिन्ता छैन । जनताको चाहनामाथि खेलबाड गर्नेकाम ओलीबाट भएको छ ।’
नेता नेपालले भने,‘ जति सूर्य चिन्हको माया हामीलाई छ, त्यती ओलीलाई छैन ।
पार्टीको विधान हेर्नेुहोस्, जसरी भएपनि सूर्य चिन्ह हाम्रो हुन्छ । रातारात केन्द्रीय कमिटीमा संख्या बढाउँदैमा नेकपा र सूर्य चिन्ह ओलीले पाउँदैनन् ।’