९ माघ २०७७, शुक्रवार

नेपाल आयल निगमले तेजाब आक्रमणमा परेका दुई जनालाई रोजगारी दिएको छ ।

https://amzn.to/4myfPN5

ओखलढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई निगमले सहायकस्तरका लागि करारमा नियुक्त गरेको हो ।
निगम सञ्चालक समितिको बैठकले आर्थिक अवस्था कमजोर भई जीवन यापन गर्न कठिन भएका उनीहरुलाई निर्वाह खर्च पुग्ने गरी एक वर्षको करार गरेर कामकाजमा खटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनीहरुमध्ये एक जनाले निगमको केन्द्रीय कार्यालय र एक जना भैरहवा डिपो कार्यालयमा काम गर्नेछन् ।

बसन्तीमाथि २०७५ साल असोजमा र पवित्रामाथि गत साउनमा एसिड आक्रमण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर