
९ माघ २०७७, शुक्रवार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावित विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
संघका युरोप उपसंयोजक कृष्ण तिमल्सीनाका अनुसार आगामी २३ र २४ जनवरीमा हुने संघको विशेष महाधिवेशनमा सर्वसम्मत प्रस्ताव पेश हुने भएको छ ।
विधानमा यसपटक देखि लागु हुने गरी के के संशोधन र सहमति गरियो ?
१. राष्ट्रिय समितिको अधिवेशन जुलाई महिना भित्र गरि सक्नु पर्ने ।
२. केन्द्रीय प्रतिनिधी १५ अगष्ट सम्म सार्वजनिक गर्नु पर्ने ।
३. एक थप युवा सहित जम्मा ६ जना उपाध्यक्ष रहने ।
४. दुई सहकोषाध्यक्ष मध्ये एक महिला अनिवार्य ।
५. सदस्यता शुल्क आइसीसीले तोके बमोजिम हुने ।
६. आइसीसीको निर्देशन नमान्ने राष्ट्रिय समिति खारेजीमा पर्ने ।
७. ५ सदस्यीय निर्वाचन अनुगमन समिति बन्ने ।
८. एक महिला सहित ४ जना सचिव थपियो ।
९. केन्द्रीय सल्लाहकार ११ जनाबाट बढाएर २१ जना बनाइयो ।
१०. पेशागत र शैक्षिक इकाई बन्ने ।
११. क्षेत्रीय महिला उपसंयोजक थप ।
१२. अनलाइन माध्यमबाट निर्वाचन गर्ने ।
यसपटक के के नहुने ?
१. निःशुल्क सदस्यता अहिले लागु नहुने ।
२. बरिष्ठ उपाध्यक्ष नरहने ।
३. २ सचिव पद कटौती ।
४. महासचिव पदमा चुनाव लड्न आइसीसी सदस्य हुनु नपर्ने ।
५. केन्द्रीय प्रतिनिधी चयन पुरानै व्यवस्था अनुरुप हुने ।
६. सहमतिका आधारमा विधान संशोधन गर्ने ।
७. विशेष अधिवेशनमा सबैलाई समेटेर लैजाने ।
८. एनआरएनए फाउण्डेशन गठनमा थप छलफल गर्ने ।
९. सहमित नभएका विषय अर्को अधिवेशनमा लैजाने ।