९ माघ २०७७, शुक्रवार

चितवन राष्ट्रिय निकुञ्जका दुईवटा गैँडा मृत भेटिएका छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले निकुञ्जको कोर इलाका पदमपुर फाँटमा १८ महिनाको केटो बच्चा गैँडा र बेलशहरघाट क्षेत्रमा करिव ३० वर्षको भाले गैँडा मृत भेटिएको जानकारी दिनुभयो ।

केटो गैँडाको ब्रम्हखाग र खुर तथा भाले गैँडाको खाग ,खुर सुरक्षित रहेको छ ।

यी दुई वटा गैडासहित चालु आर्थिक वर्षमा २२ वटा गैडा मरेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर