
९ माघ २०७७, शुक्रवार
नेपाल फण्ड फाउन्डेशन नेदरल्याण्ड्सको तेस्रो अधिवेशनले निबर्तमान महासचिव नन्दा राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।
कार्यसमितिको महासचिवमा शवि पौडेल र सदस्यहरुमा दिलु मैनाली र निरा राई (बेलायत) रहेका छन् भने कोषाध्यक्षमा शशी पौडेल रहेका छन ।
फाउन्डेशनले सल्लाहकारहरुमा डा. शर्मिला प्रधान श्रेष्ठ, हरि पौडेल, शारदा बराइली,रिता थापा र बर्षा खड्कालाइ मनोनयन गरेको छ।
नवनिर्बाचित अध्यक्ष नन्दा राईका अनुसार नेदरल्याण्डको पुरानो नेपाली सस्थाको रूपमा स्थापित नेदरल्यान्ड्सको कर विभागबाट च्यारिटी स्ट्याटस (ANBI)प्राप्त परोपकारी फाउन्डेशन हो।