९ माघ २०७७, शुक्रवार

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट  ४ हजार २ सय २९ जनाको मृत्यु भएको छ । यसै गरि संक्रमित हुनेको संख्या १ लाख ७८ हजार २ सय ५५ पुगेको छ । उक्त तथ्यांक गत बुधबार जनवरी २० को दिन जोन्स हप्किन्स बिश्वबिद्यालयले निकालेको हो ।

हाल सम्म अमेरिकामा ३ करोड ५९ लाख ९० हजार १ सय ५० खोप वितरण भै सकेको छ भने कम्तिमा १ करोड लाख ६५ लाख २५ हजार २ सय ८१ जनाले खोप लगाई सकेको जानकारी सिडीसीले दिएको छ ।

बिगत केही दिनमा संक्रमणको संख्या घटेता पनि कोभिड-१९ को नया परिवर्तनशिल(न्यु भेरिएन्ट)को वृद्धि हुने आशंका गरिएको छ । अमेरिकाको भर्जिनिया राज्यमा अत्यधिक रुपमा संक्रमण वृद्धि भएको छ ।

अमेरिकामा हाल सम्म कम्तिमा पहिलो खोपको एक खुराक ४ प्रतिसत मानिसहरुले लगाएका छन् । अमेरिकामा हाल सम्म २ करोड ४८ लाख ६१ हजार ४ सय ४६ जना संक्रमित भएका छन भने ४ लाख १२ हजार ६४ जनाको मृत्यु भै सकेको छ ।

हाल सम्म अमेरिकामा ८७ लाख ३२ हजार ३ सय ८३ जना निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया

सम्बन्धित खवर