
९ माघ २०७७, शुक्रवार
आज राशिफल बि.सं.२०७७ साल माघ ९ गते शुक्रबार ई. सं. २०२१ जनवरी २२ नेपाल सम्बत ११४१ पोहेलाथ्व नवमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, पुष शुक्ल नवमी, चन्द्रमा मेष राशिमा १ः३५ सम्म त्यसपछि वृष राशिमा, भरण्ी नक्षत्र ६ः५२ सम्म त्यसपछि कृतिका नक्षत्र, शुभ योग ९ः२८ सम्म त्यसपछि शुक्ल योग, कौलव करण ६ः४४ सम्म त्यसपछि तैतल करण ।
नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ५ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ ।
आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर १५ मिनेट देखि १० बजेर ५६ मिनेट सम्म छ ।
यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो ।
ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
- मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो ।
पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।
- बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन ।
दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला ।
यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन ।
- मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ ।
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ ।
आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ ।
समाजसेवाका कामबाट लाभ हुनेछ ।
- कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन ।
जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
- सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने देखिन्छ ।
बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।
व्यावसायिक काममा पनि खर्च बढ्नेछ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला ।
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
- कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ ।
सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ ।
गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ ।
कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ ।
दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ ।
- तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ ।
नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ ।
आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।
विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।
- बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ ।
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।
कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन । स्वास्थ्य सबल रहने छ ।
- धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ ।
बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।
प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ ।
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।
- मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ ।
मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन ।
रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ ।
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
- कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन ।
कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।
- मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।
मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ ।
नयाँ काममा हात हाल्ने समय छ ।