
८ माघ २०७७, बिहिवार
कोरोना सक्रमणवाट बेलायतमा एक पूर्व गोर्खाको ज्यान गएको छ ।
लन्डन बस्दै आएका ५५ वर्षीय पूर्व गोर्खा सैनिक अम्बर गुरुङको ज्यान गएको हो ।
उनको मंगलबार लन्डनस्थित हिलिङडन अस्पतालमा निधन भएको हिलिङडन गोर्खा नेप्लिज् कम्युनिटीका सचिव शुक्र (साइमन) तामाङले जानकारी दिए ।
हाल लन्डन हिलिङडन बरोको हेजमा बस्दै आएका उनी हिलिङडन गोर्खा नेप्लिज् कम्युनिटीका निवर्तमान बरिष्ठ उपाध्यक्ष तथा खोटाङ, संखुवासभा, भोजपुर ९ समाजका वर्तमान उपाध्यक्ष समेत थिए ।