८ माघ २०७७, बिहिवार

नेपालमा चर्चा कमाएका सञ्चारकर्मी रवि लामिछानेले आफुले चलाउँदै आएको ‘सिधा कुरा जनतासंग’ कार्यक्रम सदाको लागि बन्द हुने भएको छ ।

https://amzn.to/4myfPN5

यसैगरी लामिछानेले आफुले काम गर्दै आएको ‘न्यूज २४ नेपाल’ टिभी पनि छोड्ने भएका छन् ।

बुधबार साँझ फेसबुकमा एक स्टाटस लेख्दै उनले सो कुराको जानकारी दिएका छन् ।

जनताको लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग विहिबारको एपिसोड प्रसारण अन्तिम हुने र उक्त कार्यक्रम प्रसारण अब देखि नआउने कुरा उनले जनाएका छन् ।

उनले आफुले आगामी दिनमा कसरी प्रस्तुत हुन्छ भन्ने कुरा भने केही खुलाएनन् ।

तर स्रोतका अनुसार उनले नयाँ टेलिभिजन खोल्दै छन् । आफुसँगै आफ्नो टिम मिलेर नयाँ टेलिभिजन खोली अघि बढ्दै तयारी गरेको जनाइएको छ । तर उनले कहिलेबाट टिभी सुरु गर्छन भन्ने कुरा जानकारीमा आएको छैन् ।

पछिल्लो समय नेवालमा सर्वाधिक रुचाइएको टिभी कार्यक्रम मध्ये ‘सिधा कुरा जनतासंग’ एक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर