८ माघ २०७७, बिहिवार

ईजरायलमा केयर गिभरका रुपमा काम गर्नेगरी ५ सय नेपाली पठाउने गरी नेपाल र ईजारायलबीच प्रोटोकलमा हस्ताक्षर भएको छ ।

https://amzn.to/4myfPN5

विहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाल तथा नेपालका लागि ईजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गरे ।

नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि सो ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार ५ सय नेपालीले ईजरायलमा केयर गिभरको रुपमा रोजगारी प्राप्त गर्नेछन् ।

सो रोजगारीमा दुई देशका सरकारी निकायबीचका संलग्नतामा श्रमिक पठाइनेछ ।

यसमा कुनै पनि नीजि क्षेत्रलाई समावेश गरिएको छैन ।

यसअगाडी ईजरायलमा नेपालीलाई रोजगारीका लागि केयरगिभर लगायतमा खुल्ला भएपनि नीजि क्षेत्रबाट श्रमिक पठाउँदा चर्को रकम असुलिएका कारण ईजरायलले नेपाली श्रमिक लिन रोकेको थियो ।

लामो प्रयत्नपछि नेपाल र ईजरायलबीच सरकारी तहबाट नै श्रमिक आदानप्रदान गर्नेगरी सम्झौता भएको छ ।

सोही सम्झौतालाई कार्यान्वयन गर्नेगरी प्रोटोकलमा हस्ताक्षर भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर