८ माघ २०७७, बिहिवार

विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९ करोड ७२ लाख नाघेको छ ।

वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप ६ लाख ७१ हजार १९८ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ करोड ७२ लाख ८१ हजार ६०२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप १७ हजार २९९ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख ८१ हजार ६६० पुगेको हो ।

हालसम्म विश्वमा ६ करोड ९८ लाख ३२ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा ५ लाख ६१ हजार ९२६ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड ५३ लाख ६७ हजार १५६ सक्रिय संक्रमित छन् ।

ती मध्ये १ लाख १२ हजार ३३७ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ४९ लाख ९८ हजार ९७५ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ४९ लाख ६८ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख १५ हजार ८९४ पुगेको छ ।

हाल अमेरिकामा ९६ लाख १४ हजार ३६५ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार १९८ गम्भिर बिरामी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर