८ माघ २०७७, बिहिवार

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पछिल्लो ६ महिनामा तीन हजार ३ सय १४ मुद्दा दर्ता भएको छ ।

प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखबिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा १८ करोड भन्दा बढी राजश्व सङ्कलन भएको छ ।

६ महिनाकाे अवधीमा फैसला कार्यान्वयन तर्फ ४ सय १७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

ती व्यक्तिबाट ५ सय ३६ वर्ष कैद र १ करोड ५२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

सोही अवधी १ हजार १ सय ६४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ ।

सोही अवधीमा ३ सय ३६ केजी गाँजा बरामद भएको छ ।

२ हजार ३सय ६२ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख २७ हजार २ सय ६६ गाँजाका बोट नष्ट गरिएको छ ।

भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ८० जना मानिस पक्राउ परेका छन् भने ७ करोड ९९ लाख ८ हजार एक सय ५ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने एक सय १९ जना मानिस र पाँच सय ४० वटा सवारी साधनलार्इ कारवाही गरी ३७ लाख ७५ हजार ७ सय २० राजश्व सङ्कलन भएको छ ।

यसैगरी ट्राफिक नियम उलङ्घन गर्ने १ लाख २४ हजार ८ सय ८९ वटा सवारी साधनलाई कारवाहीमा परेका छन् ।

कारवाहीमा परेका सवारी साधनबाट ७ करोड ६८ लाख ४९ हजार पाँच सय राजश्व सङ्कलन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर