८ माघ २०७७, बिहिवार

जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ लिनुभएको छ ।

https://amzn.to/4myfPN5

राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिनुभएको हो ।

१२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर शपथ लिनुभएका ७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने नेता बन्नुभएको छ ।

सपथग्रहण लगत्तै कार्यभार सम्हाल्नुभएका बाइडेनले ट्रम्प प्रशासनका नीतिहरू उल्ट्याउनुभएको छ ।

कार्यकालको पहिलो दिन राष्ट्रपति जो बाइडनले कैयौँ कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्नुभएको हो ।

कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमा डब्ल्युएचओमा फेरि फर्कनेदेखि जलवायु सम्बन्धीको पेरिस सम्झौतामा कायमै रहने तथा आप्रवासी नीतिमा नरम रहने नीति सार्वजनिक गर्नुभएको छ ।

कडा सुरक्षाबीच सम्पन्न शपथ समारोह, बाइडनसँग पराजित निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बहिष्कार गर्नुभयो ।

ट्रम्प कार्यक्रममा सहभागी नभए पनि उपराष्ट्रपति माइक पेन्स भने सहभागी हुनुभयो ।

यसैगरी, कमला ह्यारिसले उपराष्ट्रपति पदको शपथ लिनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर