७ माघ २०७७, बुधवार
चर्चित लोक तथा दोहोरी गायक तथा सर्जक रत्न बानियाँको निधन भएको छ ।
गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारार्थ रहेका थिए । उपचारकै क्रममा ॐ हस्पिटलमा राति ३ बजे निधन पुगेको पारिवारिक स्रोतले बताएको छ ।
गायक बानियाँको ‘लडाईको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका सयौं गीतहरु चर्चाको शिखरमा छन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवं झरना संगीतका संचालक समेत रहेका बानियाँले गीतसंगीतको क्षेत्रमा लामोसमय योगदान दिँदै आएका थिए