१ भाद्र २०७७, सोमवार

कोरोना महामारीका कारण नेपाली कांग्रेसको १४औँ महाधिवेशन फागुनमा नहुने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

महामारीका कारण कांग्रेसको संगठनहरू समायोजन र विभिन्न कार्यहरू प्रभावित भएपछि १४औँ महाधिवेशन सर्ने पक्का भएको हो । कांग्रेसका एक नेताका अनुसार कोरोना महामारीले फागुनमा महाधिवेशन हुने अवस्था नरहेको बताए ।

०७८ भदौ महिनासम्म महाधिवेशन सार्ने तयारी भएको एक जना केन्द्रीय सदस्यले बताए । उनले भने, ‘०७८ को भदौ महिनासम्म महाधिवेशन सार्ने विषयमा छलफल भइरहेको छ । कोरोना महामारी त्यस बेला पनि रोकिएन भने पुनः सार्नुपर्ने अवस्था आउन सक्छ ।’

विधानअनुसार गत फागुनमा १४औँ महाविधेशन गरिसक्नु पर्ने थियो । तर, पार्टीभित्रको आन्तरिक विवादका कारण कांग्रेसको महाधिवेशन विथालिदै आएको छ ।

१३औँ महाधिवेशन पनि साढे पाँच महिनामा भएको थियो । साउन २२ गतेको बैठकमा जेठ वा वैशाखमा महाधिवेशन गर्न केही नेताहरूले प्रस्ताव नै गरेका थिए । दैनिक नेपालवाट

प्रतिक्रिया

सम्बन्धित खवर