५ माघ २०७७, सोमवार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले देशको पछिल्लो राजनीतिक घट्नाक्रम विदेशी शक्ति केन्द्रहरुको इसारामा भएको दाबी गरेका छन् ।

https://amzn.to/4myfPN5

राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता केसिले सत्तासिन दलका नेताहरुको स्वार्थ कै कारण देश गंभिर दुर्घटना तर्फ उन्मुख भएको बताए ।

‘उनीहरु जनताका लागि होइन आफ्नो निजी स्वार्थ, महत्वकांक्षा र पदीय बाँडफाँड नमिलेका कारण विभाजित हुन पुगेका हुन् । सिद्धान्त नीति र विचारका कारण न एकता भएको थियो न विभाजन भएको छ ।’–उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर