५ माघ २०७७, सोमवार

बुटवल- राजमार्गमा गुड्ने टिप्परहरुको लागि टाइम कार्ड लागू भएको छ।

तिब्र गतिमा सडकमा गुड्ने टिप्परका कारण सडकमा दुर्घट्नाको जोखिम बढेको भन्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले टाइमकार्ड लागु गरेको हो ।

पहिलो चरणमा खानीस्थल पाल्पाको दोभानदेखि भैरहवा अञ्चलपुर र बुटवल धागोकारखाना सम्म तथा धागो कारखानादेखि नवलपरासीको सुनवलसम्म टाईम कार्ड लागू गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्बर विकले जानकारी दिए।

टाइमकार्ड अनुसार दोभानदेखि धागो कारखानासम्म ११ किलोमिटरको दुरीमा प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्रै टिप्पर चलाउन पाईनेछ।

जस अनुसार यो दुरी पार गर्न ३३ मिनेट समय तोकिएको छ। त्यसै गरी धागो कारखानादेखि सुनवलसम्म २३ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिमा मात्र टिप्पर गुडाउन पाइन्छ। यो दुरीको लागि ४६ मिनेट समय तोकिएको छ।

टिपरले अनिवार्य रुपमा टाइमकार्ड प्रयोग गरी चेक प्वाइन्टहरुमा देखाउनु पर्ने र तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुग्न नपाउने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर