
नेपाली सेयर बजारमा पछिल्लो समय लगानीककर्ताको आकर्षण बढेको छ । सेयरबजारमा भएका लगानीको इतिहास हेर्ने हो भने कृषि
विकास बैंकले २०६४ सालमा रेकर्ड राख्दा २ लाख रुपैयाँको आबेदन परेको थियो । सो रकम तत्कालीन समयको प्राथमिक बजारमा
ऐतिहासिक रेकर्ड रहेको थियो । त्यसपछि भने लगानीकर्ताहरुको आकर्षण आइपिओमा निरन्तर रुपमा बढ्दै गैरहेको छ ।
२०६४ सालमा कृषि विकास बैंकले सर्वसाधारणका लागि सेयर जारी गर्ने निर्णय गर्यो । कर्मचारीका लागि छुट्टै १ हजार कित्तासम्म
साधारण सेयर पाउने गरी आवेदन माग गरियो । कृषि विकास बैंकले त्यसबेला जति रकमको आवेदन माग गरेको थियो त्यो भन्दा धेरैको
आवेदन पनि पर्यो । त्यसबेला साढे २ लाख रुपैयाँको आवेदन परेको थियो भने रेकर्ड कायम रह्यो । सो रकम तत्कालीन समयको
प्राथमिक बजारमा ऐतिहासिक रेकर्ड कायम गरेको थियो । त्यसपछि भने लगानीकर्ताहरुको आकर्षण आइपिओमा निरन्तर रुपमा बढ्दै
गैरहेको छ । जुन निरन्तर खुलिरहेको डिम्याट खाताले पनि पुष्टि गरेको छ । शुक्रबारसम्मको तथ्यांक हेर्ने हो भने डिम्याट खाता खोल्ने
नेपालीहरुको संख्या २५ लाख ३ सय ४५ पुगेको देखिएको छ । नगरपालिका गाउँपलिका अबस्थित बैंकहरुमा डिम्याट अकाउन्ट खोल्ने
को घुइचो बडेको छ । पछिल्लो २ महिना यता मात्रै ३ लाख भन्दा धेरैले नयाँ डिम्याट खाता खोलेका देखिएको छ । केही दिन अघिमात्रै
खुलेको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा भण्डै १३ लाख जनाले आईपीओका लागि आवेदन दिएका छन् । यो पनि एक रेकर्ड
बनेको छ । इतिहासको सबैभन्दा धेरै आईपीओमा आवेदन परेको रेकर्डमा चन्द्रागिरि हिल्स अग्रस्थानमा छ । चन्द्रागिरीले राखेको रेकर्ड
अब नेपाल इन्फ्रास्ट्रक्चर बैंकले तोड्ने देखिएको छ । आइपिओ खुलेको पहिलो दिन शुक्रबार मात्रै अपरान्हसम्म करिब ४ अर्ब रकम
बराबरको आवेदन परिसेकेको जनाइएको छ । यतिबेला १० कित्ता सेयर पाउनका लागि पनि निकै संघर्ष गर्नुपर्ने अवस्था छ । अर्काे मूख्य
कुरा त केही समय अघिसम्म आवदेन दिनकै लागि पनि निकै सास्ती बेहोर्नु पर्ने अवस्था थियो । बैंकमा गएर दिनभर लाइन लाग्नु पर्ने
बाध्यता अब हटिसकेको छ । मेरो सेयर नामक सुविधा ल्याएर सीडीएसले घरबाटै आईपीओका लागि आवेदन दिने व्यवस्था गरेको छ ।
शेयर बजार लगानी मैत्री बन्दै गएकाले पनि डिम्याट अकाउन्ट खोल्नेको संख्या बढ्दै गएको हो ।