
४ माघ २०७७, आइतवार
दाङमा प्रहरीले सार्वजनिक यातायातलाई सुरक्षित र महिला मैत्री बनाउन ‘सेफ्टी पिन’ कार्यक्रम सञ्चालन गरेको छ ।
जस अन्तरगत प्रहरीले सार्वजनिक यातायातका साधनमा सादा पोशाकका प्रहरी परिचालन गरि सुरक्षित यात्रा र महिला मैत्री बनाउन उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
जिल्लाभर १२ जना प्रहरीलाई सादा पोशाकका परिचालन गरेको र उनिहरुलाई बस समितिले पासको व्यवस्था गरिदिएका छन् ।
यसैविच यात्रु महिला माथी दुव्र्यबहार गर्ने दुई जनालाई नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाएको छ ।
यात्रामा यौनजन्य दुव्र्यबहार गर्ने, गालीगलौज गर्ने, अश्लिल हर्कत गर्ने, पाकेटमार्ने जस्ता अपराधिक कार्यहरु हुने गरेको गुनासो बढे पछि यात्रालाई सुरक्षित र महिला मैत्री बनाउन ‘सेफ्टी पिन’ कार्यक्रम सञ्चालन गरिएको अपराध अनुसन्धान शाखा इन्चार्ज प्रहरी निरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिएका छन ।