४ माघ २०७७, आइतवार
संसद विघटन विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई सुरु भएको छ ।
संसद विघटन विरुद्ध परेको रिटको सुनुवाई कहाँ गर्ने भनेर बहस चलिरहेको अवस्थामा सरकारी पक्षका वकिलहरुले यसको सुनुवाई संवैधानिक इजलासमा हुनुपर्छ भनेपछि सर्वोच्च अदालतले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेको हो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।
आजको इजलासमा सुरुमा रिट निवेदकहरुले बहस गर्ने र सबै रिट निवेदक कानुन व्यवसायीले बहस गर्न पाउनुपर्छ भन्दै समय तोकिदिन माग गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले भने गम्भिर विषय भएकाले सोच विचार गरेर मात्र बोलिदिन आग्रह गरेका छन् ।
गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी चुनावको मिति समेत घोषणा गरेकी थिइन् ।









