
४ माघ २०७७, आइतवार
अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्म बनाउने घोषणा गरेका छन् ।
शनिवार मध्यराति आफ्नो भेरिफाइड अकाउन्टबाट निर्देशक बस्नेतले यो वर्ष नयाँ फिल्म ‘जिन्दावाद’ निर्देशन गर्ने घोषणा गरेका हुन् ।
पालुङको लोकेशन देखिने स्टाटसमा उनले लेखेका छन् – ‘जन्मदिनको शुभकामना निश्चल, राम्रो मान्छे बन्न सकूँ, राम्रो फिल्म बनाउन सकूँ, यहि दिएँ आफैंलाई शुभकामना । यो वर्ष ‘जिन्दावाद’ निर्देशन गर्नेछु ।’