४ माघ २०७७, आइतवार

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा  १ जना र साउथ अफ्रिकामा १ जनाको  मृत्यु भएको हो । यससँगै विदेशमा कोरोनाभाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या  ३ सय १९ पुगेको हो ।

https://amzn.to/4myfPN5

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर