३ माघ २०७७, शनिवार

मलेशियाको एक कम्पनीमा कार्यरत चारजना नेपालीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

  क्वालालम्पुर स्थित राल्को प्लाष्टिक कम्पनीमा कार्यरत चारजना नेपालीलाई कोभिड संक्रमण पुष्टि भएको हो ।

७० जना भन्दा बढी नेपाली कार्यरत सो कम्पनीमा नेपाली बाहेक अन्य मुलुकका नागरिकलाई पनि कोभिडको संक्रमण देखिएको मलेसियामा रहेका एक नेपालीले जानकारी गराएका छन ।

सो कम्पनीले प्लाष्टिकका बाल्टि, बाटा लगायतका सामग्री निर्माण गर्ने गर्दछ ।

यसअगाडी मलेशियाको टप ग्लोव्स कम्पनीमा कार्यरत नेपालीलाई ठूलो संख्यामा  संक्रमण भएको थियो ।

पछिल्लो तथ्याँक अनुसार मलेशियामा १ लाख ५१ हजार ६६ जनामा कोभिडको संक्रमण देखिएको छ ।

त्यसमध्ये ३५ हजार सकृय संक्रमित रहेका छन् भनें १ लाख १५ हजार २ सय २७ जना निको भएका छन् ।

हालसम्म मलेशियामा कोभिड-१९ का कारण ५ सय ८६ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर