३ माघ २०७७, शनिवार

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिबेशन प्रतिनिधि हुनका लागि २ हजार ६३८ जनाले फारम भरेका छन् ।

https://amzn.to/4myfPN5

जनवरी २३-२४ मा जुममार्फत् हुन लागेको संघको विशेष महाधिबेशनमा प्रतिनिधि बन्न इच्छुकहरुलाई आवेदन दिन गरिएको आव्हान अनुसार  फारम भरेको संघले जनाएको छ ।

हालसम्म महाधिबशन प्रतिनिधिका लागि फारम भरेकाहरुमा अष्ट्रेलियाबाट १९०, अष्ट्रियाबाट ६२, बहराइनबाट ५३, बेल्जियमबाट १२३, क्यानडाबाट १००, चीनबाट २३, साइप्रसबाट २३, चेक रिपब्लिकबाट ३०, डेनमार्कबाट ७५, फिनल्याण्डबाट ६, फ्रान्सबाट ६८, हङकङबाट ९१, आयरल्याण्डबाट ४८, इजरायलबाट ५, इटालीबाट १०, जापानबाट १२०, केन्याबाट १, दक्षिण कोरियाबाट १२८, कुवेतबाट १२३, लक्जम्वर्गबाट ५, मकाउबाट ९७, मलेसियाबाट ३३, माल्टाबाट १०, नेदरल्याण्डबाट १४२, नाइजेरियाबाट २, नर्वेबाट ३५, ओमानबाट १८, पोल्याण्डबाट २२, पोर्चुगलबाट १०५, कतारबाट ११६, रसियाबाट ६२, साउदी अरेबियाबाट १०६, सिसेल्सबाट ५, साउथ अफ्रिकाबाट २, स्पेनबाट ६६, स्वीडेनबाट १३, स्वीजरल्याण्डबाट १५, तान्जानियाबाट १, थाइल्याण्डबाट २, युकेबाट १६७, अमेरिकाबाट १८०, युएईबाट ६०, युगाण्डाबाट ५, भियतनामबाट ३ र जाम्बियाबाट २ जना गरी जम्मा २ हजार ६३० जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर