३ माघ २०७७, शनिवार
पछिल्लो २४ घण्टामा २४० जना कोरोना संक्रमित थपिएका छन् ।
याे सँगै नेपालमा संक्रमितकाे संख्या २ लाख ६७ हजार ५६ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ४७७ छ ।
हालसम्म निकाे हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ६ जना संक्रमितकाे मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमित मृतकको संख्या १९५४ पुगेको छ ।