
३ माघ २०७७, शनिवार
रोजगारीको क्रममा आफना हातका औलाहरु गुमाएका सिराहा कल्याणपुरका प्रकाश यादवले आफुलाई न्याय दिलाईदिन नेपाल सरकार संग माग गरेका छन ।
मलेसियाको वातुपहातमा रहेको विएच मेटल मोर्टसमा कार्यरत रहेको अवस्थामा काम गर्ने क्रममा मेशिनमा परि यादवका वायाँ हातका तीनओटा औलाहरु काटिएका थिए ।
हाल सम्म कम्पनीले उपचार गराईरहेको भएपनि कुनै क्षतिपूर्ती पाउन नसकेको गुनासो गरेका छन ।
“मेरो वारेमा वोलिदिने कोहि पनि छैनन मैले न्यायको आश गरेको छु मलाई न्याय दिलाईदिन सवैको पहल जरुरी भएको छ” उनले टेलिफोनमा भने ।
नेपाली दूतावासका द्धितिय सचिव प्रतिक कार्कीले निजले कम्पनीमा काम गर्दा दुर्घटना भएकाले क्षतीपूर्ती दिलाएर छाडने वताए । उनले भने दुतावासले न्याय दिलाउने क्रममा कुनै कसर वाकि राख्दैन ।
हालै मात्रै हेल्प मधेशि सस्थाले निज यादबलाई एक हजार एक रिगेट सस्थाको तर्फवाट सहयोग गरेको संस्थाका अध्यक्ष दिपक मण्डलले जानकारी गराए ।
यादव सिन्धुली ओभरसिज मार्फत रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए ।