१ माघ २०७७, बिहिवार

प्रहरीले अनुसन्धानको क्रममा रहेको एक मुद्दा मिलाईदिन्छु भन्दै पीडित पक्षसँग पैस माग गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ ।

https://amzn.to/4myfPN5

महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले पैसा माग गर्ने युवकलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयंभूबाट मकवानपुरको टिष्टुङ पालुङ नगरपालिका वडा नं. १२ घर भएका ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धि हादुर घलानलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार घलानले महानगरीय प्रहरी वृत्तमा अनुसन्धानको क्रममा रहेको एक मुद्दा मिलाईदिन्छु भनेर पीडितप क्षसँग रू ९०,०००/– (नब्बे हजार रूपैया) माग गरेका थिए ।
नियन्त्रणमा परेका घलानलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भइरहेको थानकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर