१ माघ २०७७, बिहिवार
नुवाकोटको तारुकामा माघे संक्रान्तिको अवसरमा हरेक वर्ष आयोजना हुने गोरु जुधाइ कार्यक्रम अवरुद्ध भएको छ ।
गोरु जुधाइ कार्यक्रममा स्वयम्सेवक गणेश सिग्देल घाइते भएपछि कार्यक्रम अवरुद्ध हुन पुगेको हो ।
गोरु जुधाइ हेर्न आएका दर्शकहरुको भीडबाट अज्ञात व्यक्तिले हानेको ढुंगा लागेर ती स्वयम्सेवक सिग्देल घाइते भएका छन् ।
सिग्देलको टाउकोमा चोट लागेको छ ।