
१ माघ २०७७, बिहिवार
भारतीय टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’ बाट अमिताभ बच्चनले अवकाश लिने बताएका छन् ।
अमिताभले लेखेका छन्, ‘म अब थाकिसकेको छु र रिटायर्ड भइसकेको छ्ु । म माफी चाहन्छु, तपाईहरु सबैसँग, कौन बनेगा करोडपतिको सुटिङको यो अन्तिम दिन निकै लामो रह्यो ।’
गत वर्ष कोभिडका कारण शोको सुटिङ रोकिएको थियो । त्यस्तै, अमिताभ, छोरा अभिषेक र बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कारोरना भएको थियो ।
जब, अमिताभले कोरोनाको लडाइँ जिते, त्यसपछि फेरि शो सुरु भयो ।
अमिताभले अवकाश लिने घोषणा सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
सोशल मिडियामार्फत अमिताभ सधैं आफ्ना फ्यानहरुसँग जोडिन रुचाउँछन् ।
उनी फ्यानहरुका लागि खास तस्विर र आफ्नो जिन्दगीका किस्साहरु सुनाउँछन् । अमिताभ अहिले ‘मेड’, ‘झुन्ड’ र रिया चक्रवर्तीको फिल्म ‘चेहरे’ को सुटिङमा व्यस्त छन् ।