२९ पौष २०७७, बुधवार

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि अर्को संवैधानिक इजलास गठन गरेका छन् । हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर  इजलास पुनर्गठन गरिएको हो ।

https://amzn.to/4myfPN5

संवैधानिक इजलासमा अरु तीन न्यायाधीशहरू यथावत छन् । विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसीले इजलासमा निरन्तरता पाएका छन् ।

न्यायाधीश हरिकृण कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेको भन्दै उनले इजलासमा बस्दा स्वार्थ मिल्ने भन्दै उनीमाथि प्रश्न उठाइएको थियो ।

त्यस्तै अदालतले माग गरेको अदालतको सहयोगी (एमिकस क्युरी) मा नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई सिफारिस गरेको छ भने सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता पाठकको नाम सिफारिस गरेको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरूद्ध १३ रिट निवेदन दर्ता भएको थियो ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख लगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर केसी, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर