२९ पौष २०७७, बुधवार

लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ ।

https://amzn.to/4myfPN5

खुल्लाबाट ४ सय ११ र ज्येष्ठता र कार्यक्षमता मूल्याङ्कन बढुवाबाट ४ सय ३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले आज नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो ।

काठमाडौं कार्यालयबाट खुलामा १ सय ५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २ सय ९६ जनाका लागि विज्ञापन खुलाइएको छ ।

यस्तै धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन प्रकाशित भएको छ ।

यसैगरी जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १ सय २१ जना सुब्बाको पदका लागि विज्ञापन खुलाइएको छ

पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ ।

बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जनाको पदपूर्ति हुने छ ।

जसमा ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने छ ।

सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ ।

यसैगरी दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन खुलेको छ ।

यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्याङ्कनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ ।

हेर्नुहोस विज्ञापन 

प्रतिक्रिया

सम्बन्धित खवर